नियम ९घ
कल्याणकारी वा सार्वजनिक हितको सूचना राख्नु पर्नेः
(१) होर्डिङ्ग बोर्ड राख्न प्राप्त भएको अनुमतिको अवधि नसकिँदै होर्डिङ्ग बोर्डमा उल्लिखित विज्ञापन खाली भएमा होर्डिङ्ग बोर्ड राख्न अनुमति प्राप्त विज्ञापन एजेन्सीले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले जारी गरेको लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापन वा सूचना राख्नु पर्नेछ।

(२) उपनियम-(१) बमोजिम लोक कल्याणकारी वा सार्वजनिक हित_ सम्बन्धी विज्ञापन वा सूचना प्रदर्शन गर्ने बिज्ञापन एजेन्सीलाई स्थानीय तहले निश्चित अवधिका लागि स्थानीय कानून बमोजिमको सहुलियत प्रदान गर्न सक्नेछ।

(३) डिजिटल बोर्डमा विज्ञापन गर्दा कम्तीमा दश प्रतिशत विज्ञापन वा सूचना सार्वजनिक हितसँग सम्बन्धित हुनु:पर्नेछ।